२ सय वटा कम्पनीको सेयर मूल्य बढ्यो

13 October, 2025 78 Views
२ सय वटा कम्पनीको सेयर मूल्य बढ्यो
78

असोज, काठमाडौं ।  नेपाल स्टक एक्सचेन्ज ९नेप्से०मा सोमबार भएको सेयर कारोबारमा २ सय वटा कम्पनीको सेयर मूल्य बढेको छ । सोमबार नेप्सेमा ४ अर्ब ९७ करोड ५४ लाख ८ हजार रुपैयाँको सेयर कारोबार हुँदा २ सय वटा कम्पनीको सेयर मूल्य बढेर नेप्से ४४.२५ अंकले बढेको हो । सोमबार नेप्से २५४७.६० अंकमा पुगेको छ । नेप्से बढे पनि आज ४४ वटा कम्पनीको सेयर मूल्य घट्यो भने ८ वटा कम्पनीको सेयर मूल्य स्थिर रह्यो ।

आजको कारोबारमा नेपाल माइक्रो इन्स्योरेन्सको सेयर बिक्रीकर्ताले सबैभन्दा धेरै नाफा आर्जन गरे भने कर्पोरेट डेभलपमेन्ट बैंकको सेयर बिक्रीकर्ताले सबैभन्दा धेरै गुमाए । नेप्से बढेसँगै आज सबै समूहको सूचक पनि हरियाली बन्न पुगेको छ भने नेप्सेको पुँजीकरण पनि १।७६ प्रतिशतले वृद्धि भएको छ ।

Related Post