स्याङ्जामा गोठ भत्किँदा एक पुरुषको मृत्यु

16 July, 2026 63 Views
स्याङ्जामा गोठ भत्किँदा एक पुरुषको मृत्यु
63

स्याङ्जाको गल्याङ–६ पिडीखोलामा गोठ भत्किँदा एक पुरुषको मृत्यु भएको छ । भैँसी तथा बङ्गुरलाई कुडोपानी दिनेक्रममा आज बिहान अचानक गोठ भत्किँदा पातीखर्क वनपालेका ६५ वर्षीय धनबहादुर रेश्मीको मृत्यु भएको वडाध्यक्ष दीपछिरिङ गुरुङले जानकारी दिए । गोठले पुरिँदा चौपाया समेत मरेको जनाइएको छ । वर्षाका कारण पुरानो गोठ भत्किएको हुनसक्ने वडाध्यक्ष गुरुङले बताए ।

Related Post