शैक्षिक संस्थाहरूमा तोडफोड, आगजनी र लुटपाटमा संलग्नमाथि कारबाही गर्न नेविसंघको माग

17 October, 2025 287 Views
शैक्षिक संस्थाहरूमा तोडफोड, आगजनी र लुटपाटमा संलग्नमाथि कारबाही गर्न नेविसंघको माग
287

असोज, काठमाडौं । नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) ले जेनजी आन्दोलनको आवरणमा शैक्षिक संस्थाहरूमा भएको तोडफोड, आगजनी र लुटपाटका घटनामा संलग्नमाथि कारबाही गर्न माग गरेको छ । नेविसंघले नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आईजीपी) चन्द्रकुबेर खापुङलाई १० बुँदे माग पत्र बुझाउँदै २३–२४ भदौमा भएको जेनजी आन्दोलनको आवरणमा शैक्षिक संस्थाहरूमा भएको घटनामा संलग्नमाथि कारबाहीको माग गरेको हो ।

नेविसंघले जेनजी आन्दोलनको आवरणमा भएका गतिविधिहरू शिक्षा क्षेत्र र लोकतान्त्रिक आन्दोलनको मूल मर्मविपरीत रहेको उल्लेख गर्दै दोषीहरूलाई निष्पक्ष रूपमा छानबिन गरी कानूनी कारबाही गर्न महानिरीक्षक खापुङसँग आग्रह गरेको प्रवक्ता सुरज सेजुवालले जानकारी दिए ।

नेविसंघले आन्दोलनमा घुसपैठ गरी केही असामाजिक समूहले राष्ट्रपति भवन, सिंहदरबार, संसद भवन, सर्वोच्च अदालत, विभिन्न मन्त्रालयहरू, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, अदालतहरू, मालपोत कार्यालयहरू, प्रदेश सरकारका कार्यालयहरू, प्रहरी कार्यालयहरू, स्थानीय तहका पालिका तथा वडा कार्यालयहरू साथै शैक्षिक संस्थाहरूमा समेत तोडफोड, आगजनी, लुटपाट र अन्य आपराधिक गतिविधि सञ्चालन गरेका माग पत्रमा उल्लेख गरेको छ ।

Related Post