256
कात्तिक, काठमाडौं । शनिबार मध्यरातमा काठमाडौँ महानगरपालिकाका मेयर बालेन साहले लेखेको आपत्तिजनक ‘स्टाटस’ लाई लिएर शिक्षामन्त्री महावीर पुनले तिखो टिप्पणीसहित सुझाव दिएका छन्।
बालेनले आपत्तिजनक स्टाटस आधा घन्टामै हटाए पनि यस्को तरंग भने अझै सामाजिक सञ्जालमा चलिरहेको छ। शिक्षामन्त्री पुनले बालेनको सोही स्टाटस लक्षित टिप्पणी गर्दै सामाजिक सञ्जालमार्फत नै सुझाव दिएका हुन्।
पुनले महानगर मेयर बालेन साहलाई सुझाव दिँदै लेखेका छन्, ‘सर्को ताने पनि केही छैन तर सर्को तानेर नबोल्न र नलेख्न अनुरोध छ।’
मन्त्री पुनले केही केही आशालाग्दा अभियन्ता र अगुवाहरुले बेलाबेला सर्को तानेर बोलेको र लेखेको जस्तो लाग्ने गरेको पनि बताएका छन्। सर्को तान्दैमा केही नहुने तर संयमित भएर बस्दा राम्रो हुने सुझाव मन्त्री पुनको छ।