80
असोज, काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले शिक्षण संस्थामा भइरहेको राजनीतिक हस्तक्षेप अन्त्य नगरेसम्म शिक्षाको गुणस्तर सुधार्न नसकिने बताएका छन्। विश्वविद्यालयहरूमा पार्टीगत प्रभाव र नियुक्ति प्रक्रियामा पारदर्शिता नहुँदा शैक्षिक वातावरण बिग्रिँदै गएको आरोप लगाएका छन्। ‘विश्वविद्यालयहरूमा राजनीतिकरणको अन्त्य नगरी पढाइ–लेखाइको स्वच्छ वातावरण सिर्जना हुँदैन,’ पुनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘ विद्यार्थीहरूले गुणस्तरीय शिक्षा हासिल गर्न सक्दैनन्।’
उनले विश्वविद्यालयका कुलपति नियुक्तिको प्रचलित प्रणालीमा सुधार आवश्यक रहेको बताए। ‘प्रधानमन्त्री नै कुलपति हुने प्रणालीको सट्टा, सक्षम र निष्पक्ष व्यक्तिको छनोट गर्ने व्यवस्था हुनुपर्छ, उनले लेखेका छन्, ‘मलाई प्राध्यापकहरूले दिएको सुझाव यही हो।’