86
काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहकी पत्नी सविना काफ्लेको एपेन्डिसाइटिसको शल्यक्रियापछि स्वास्थ्य अवस्था सामान्य रहेको छ।
शल्यक्रियापछि स्वास्थ्यमा सुधार भइरहेको जानकारी काफ्लेले सामाजिक सञ्जाल फेसबुकमार्फत दिएकी हुन्। उनले आफ्नो स्वास्थ्यलाभको कामना गर्दै शुभेच्छा व्यक्त गर्ने सबैप्रति आभारसमेत प्रकट गरेकी छन्।
काफ्लेले आफूलाई सम्झेर स्वास्थ्यलाभको कामना गर्ने तथा माया र सद्भाव व्यक्त गर्ने सबैलाई धन्यवाद दिँदै शल्यक्रियापछि आफ्नो अवस्था सामान्य रहेको बताएकी छन्।
त्यस्तै, समयमै गुणस्तरीय उपचार र छिटो सेवा प्रदान गरेको भन्दै उनले त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालका चिकित्सक तथा सम्पूर्ण स्वास्थ्यकर्मीप्रति कृतज्ञता व्यक्त गरेकी छन्।
उनको स्वास्थ्य अवस्था सामान्य भएसँगै शुभेच्छुकहरूले स्वास्थ्यलाभको कामना गरिरहेका छन्।