अस्वच्छ खाना खुवाउने होटल र चालकलाई कारबाही गरिने

13 October, 2026 12 Views
अस्वच्छ खाना खुवाउने होटल र चालकलाई कारबाही गरिने
12

काठमाडौं । सार्वजनिक सवारीका यात्रुलाई अस्वच्छ खाना खुवाउने र महँगो मूल्य लिएर ठगी गर्ने होटल तथा सवारी चालकलाई कारबाही गरिने भएको छ।

यात्रुहरूले बासी, न्यून गुणस्तरका खाना तथा अत्यधिक मूल्य तिर्नुपरेको गुनासो गरेपछि यातायात व्यवस्था विभागले होटल तथा रेस्टुरेन्टको अनुगमन र निगरानी बढाएको हो।

विभागले सार्वजनिक सवारीका चालकलाई सफा र गुणस्तरीय खाना पाइने होटल तथा रेस्टुरेन्टमा मात्र यात्रुका लागि सवारी रोक्न आग्रह गरेको छ। सम्भव भएसम्म खाद्य स्वच्छताको स्टिकर टाँसिएका होटलमा सवारी रोक्नुपर्ने विभागको सूचनामा उल्लेख छ।

होटलको खानाका कारण यात्रु बिरामी भएमा वा खानाको गुणस्तर तथा मूल्यमा ठगी भएको पाइएमा सम्बन्धित होटल सञ्चालक र चालकलाई प्रचलित कानुनअनुसार कारबाही गरिने विभागले जनाएको छ।

यस्तो समस्या देखिएमा यात्रुले प्रहरीको हेल्पलाइन नम्बर १०० वा सम्बन्धित जिल्ला प्रशासन, प्रहरी तथा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका कार्यालयमा उजुरी गर्न सक्नेछन्।

Related Post