‘श्रम संस्कृतिले देश नचलाएसम्म देश बन्दैन, बनेछ भने कानै काटेर फाल्छु’ –हर्क साम्पाङ

‘श्रम संस्कृतिले देश नचलाएसम्म देश बन्दैन, बनेछ भने कानै काटेर फाल्छु’ –हर्क साम्पाङ
89

काठमाडौँ । सांसद हर्क साम्पाङले नेपालमा श्रम संस्कृतिको विकास नभएसम्म देश निर्माण र समृद्धि सम्भव नहुने बताएका छन्।उनले देश बनाउन काम गर्ने इच्छाशक्ति, क्षमता र जाँगर आवश्यक रहेको उल्लेख गर्दै ‘गर्दैन, सक्दैन, जान्दैन’ भन्ने प्रवृत्तिले विकास सम्भव नहुने बताए।

साम्पाङले श्रमलाई प्राथमिकतामा राखेर काम गर्ने संस्कृति विकास गर्नुपर्नेमा जोड दिए। उनले भने, ‘जबसम्म श्रम संस्कृतिले यो देश चलाउँदैन, देश बनेछ भने कानै काटेर फाल्छु। बुझ्नुभयो नि?’

साम्पाङले देश बनाउन चाहना र क्षमता मात्रै पर्याप्त नहुने भन्दै काम गर्ने तरिका र त्यसलाई व्यवहारमा उतार्ने जाँगर पनि आवश्यक रहेको बताए।

‘बन्दैन, गर्दैन, सक्दैन, जान्दैन, चाहँदैन। चाहना छैन, क्षमता छैन... गर्ने तरिका थाहा छैन। जाँगर पनि हुनुपर्‍यो नि त। जाँगर न सागर, खाने बेलामा “आँ गर” भनेर हुन्छ?’ उनले भने।

उनले देश विकासका लागि श्रमलाई सम्मान गर्ने संस्कृतिसँगै काम गर्ने इच्छाशक्ति र सक्रियता आवश्यक रहेकोमा जोड दिए।

Related Post