99
असार, काठमाडौं । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले एकै दिन दुई हजार ५३५ सवारीचालकलाई सवारी नियम उल्लङ्घनमा कारबाही गरेको छ । यसबाट राज्यकोषमा १९ लाख ७७ हजार राजस्व दाखिला भएको छ ।
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादकपदार्थ सेवन गरेको १०१, नियमविपरीत ‘राइड सेयरिङ’ गरेका १२९, सङ्केत बत्ती उल्लङ्घनकर्ता १०६ र तीव्रगतिमा सवारीसाधन हुइँक्याएका १३८ जनालाई कारबाही गरिएको हो ।
यसैगरी, ‘लेन’ अनुशासन पालना नगर्ने ८१, निषेधित क्षेत्रमा हर्न बजाउने १४१, सडकपेटीमा सवारीसाधन पार्किङ गर्ने ११७, एकतर्फी सडकमा सवारी चलाउने ११३ र अन्य सवारी नियम पालना नगरेका एक हजार ६०९ जनालाई कारबाही गरिएको हो ।