दुई घण्टा बालुवाटारमा बिताएर फर्किए मेयर बालेन

24 September, 2025 125 Views
दुई घण्टा बालुवाटारमा बिताएर फर्किए मेयर बालेन
125

काठमाडौं ।  काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) आज बालुवाटार पुगेका थिए। प्रधानमन्त्री सुशीला कार्कीलाई भेट्न पुगेका बालेन र प्रधानमन्त्रीबीच लामो छलफल भएको छ।

बालेन बिहान ८ बजे बालुवाटार पुगेका थिए र साढे १० बजेतिर बाहिरिएका छन्। जेन-जि आन्दोलन र वर्तमान सरकार गठनमा निर्णायक भूमिका देखिएका मेयर साह र प्रधानमन्त्री कार्कीबीच के विषयमा छलफल भएको हो भन्नेबारे अहिलेसम्म खुलाइएको छैन।
 

Related Post