काठमाडौं । हालै थाइल्याण्डको भिसामा चरम लापरबाही र गैरजिम्मेवार रहेको भन्दै नागरिक तहबाट बिभिन्न किसिका गुनासोहरु आईरहका छन् । थाईल्याण्डको भिसाका लागि भिएफएसबाट अनलाईनबाट एपोइन्टमेन्ट लिनुपर्ने हुन्छ सोही अनुसार नागरिकहरुले पनि वेभसाइटमा गएर अनलाईन रजिष्टर आफ्नो इमेलबाट गर्ने गर्छन । त्यस लगत्तै एपोइन्टमेन्टको मिती देखाउछ तर उक्त मितीमा पनि चरम लापरबाही हुने गरेको छ । कसैको १,२ दिनमै हुन्छ त कसैले लगातार १ हप्तासम्म पर्खिनुपर्ने हुन्छ । कतिपय ब्यक्तिहरु पारिवारीका घुमघामको लागी जाने गर्दछन् त कतिपय ब्यक्तिहरु आफ्नो ब्यक्तिगत कामको शिलसिलामा । तर यसरी एम्बेस्सिले लापरबाही रुपमा एपोइन्टमेन्ट दिदा त्यसको प्रत्यक्ष असर आम नागरिकहरुलाई परिरहको छ । उक्त एपोइन्टमेन्टलाई क्यान्सिल गरेर अर्को एपोइन्टमेन्ट लिनको लागि पनि बिभिन्न किसिमका झन्झट बेहोर्नुपर्ने नागरिकको गुनासो छ । कुनै पनि काम समयमा नहुने र भएपनी चरम गैरजिम्मेवार र लापरबाही गर्ने आम नागरिकहरुको गुनासो बढ्दो क्रममा छ ।
कुनैपनि सुचना पाउनको लागी समेत एपोइन्टमेन्ट लिनुपर्ने र दुतावासहरुको सुचनाहरु लिनलाई र आधिकारिक ब्यक्तिबाट सुचना पाउनसमेत हम्मेहम्मे पर्दा सानोतिनो सोधपुछको सामान्य सोधपुछ कक्ष समेच नभएको दुतावासमा केही जानकारीको लागी समेत समय लिएर गर्दा नागरिकहरुका हरेक महत्वपुर्ण कामहरु छुटिरहेका हुन्छन् । दुतावासको गैरजिम्मेबारीपुर्ण ब्यवहारको कारण आम नागरिकहरु ले बिभिन्न किसिमका चुनौतिहरु सामना गरिरहनु परेको छ ।