थाइल्यान्डबाट १८ किलो गाँजा ल्याएका दुई भारतीय नागरिक विमानस्थलबाट पक्राउ

12 August, 2026 11 Views
थाइल्यान्डबाट १८ किलो गाँजा ल्याएका दुई भारतीय नागरिक विमानस्थलबाट पक्राउ
11

काठमाडौं। थाइल्यान्डबाट करिब १८ किलो गाँजा बोकेर नेपाल आएका दुई भारतीय नागरिकलाई लागुऔषध नियन्त्रण ब्युरोले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा भारतका ३६ वर्षीय सञ्जीव कुमार र २६ वर्षीय रवि कुमार रहेका छन्। उनीहरूलाई ब्युरोको टोलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको हो।

ब्युरोका अनुसार उनीहरू क्याथे प्यासिफिकको उडानमार्फत बैंककबाट हङकङ हुँदै काठमाडौं आएका थिए। उनीहरूले पक्राउबाट जोगिन विमानस्थलको भन्सार क्षेत्रमा गाँजा राखिएको लगेज छाडेर केही दिनपछि नेपाली एजेन्टमार्फत उक्त सामान बुझ्ने योजना बनाएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

ब्युरोका एसपी तथा प्रवक्ता दुर्गाराज रेग्मीका अनुसार उनीहरूको गतिविधिमाथि निगरानी गरिरहेको टोलीले लगेजसहित दुवै जनालाई नियन्त्रणमा लिएको हो। घटनाबारे थप अनुसन्धान भइरहेको ब्युरोले जनाएको छ।

Related Post