दल फेरेपछि एमालेका मेयरसहित ६ जनप्रतिनिधिको पद खारेज

31 July, 2026 108 Views
दल फेरेपछि एमालेका मेयरसहित ६ जनप्रतिनिधिको पद खारेज
108

काठमाडौं। निर्वाचन आयोगले नेकपा (एमाले) बाट निर्वाचित एक नगर प्रमुख, चार वडाध्यक्ष र एक वडा सदस्यसहित ६ जनप्रतिनिधिको पद रिक्त भएको घोषणा गरेको छ।आयोगले दल त्याग गरी पार्टीको विधानविपरीत गतिविधिमा संलग्न भएको भन्दै एमाले केन्द्रीय सचिवालयको सिफारिसका आधारमा उनीहरूको पद रिक्त भएको सूचना शुक्रबार जारी गरेको हो।

निर्वाचन आयोगका अनुसार राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ३२(१) तथा राजनीतिक दल सम्बन्धी नियमावली, २०७४ को नियम २२ बमोजिम एमालेको सिफारिसका आधारमा उक्त निर्णय गरिएको हो।

पद रिक्त हुनेहरूमा रौतहटको देवाही गोनाही नगरपालिकाका नगर प्रमुख प्रेमलाल शाह कानु, सोही नगरपालिकाको वडा नम्बर ४ का अध्यक्ष राम प्रवेश प्रसाद कुर्मी, मोरङको बेलबारी नगरपालिकाको वडा नम्बर ३ का अध्यक्ष योगेन्द्र प्रसाद सुवेदी, जाजरकोटको भेरी नगरपालिकाको वडा नम्बर १० का अध्यक्ष दलबहादुर राना, खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको वडा नम्बर १४ का अध्यक्ष दिनेश कुमार राई तथा खोटेहाङ गाउँपालिकाको वडा नम्बर ४ का वडा सदस्य प्रदीप आचार्य रहेका छन्।

Related Post