111
कात्तिक, काठमाडौं । दल दर्ता प्रक्रियाका लागि नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाका नेताहरु आज निर्वाचन आयोग जाँदै छन् । नेता सन्तोष बुढामगर, प्रवक्ता खड्गबहादुर विश्वकर्मा, कर्णजित बुढा लगायतका नेताहरु वकिलहरुसहित निर्वाचन आयोगको केन्द्रीय कार्यालय कान्तिपथ जान लागेका हुन् । नेता बुढामगरले दल दर्ता प्रक्रियाका लागि आवश्यक कागजातसहित निर्वाचन आयोग जान लागेको एक नेताले बताए ।
‘पहिले पनि आयोगमा गएका थियौं । त्यतिबेला केके कागज पत्र पुगेको थिएन । आज थप कागजपत्र लिएर वकिलहरुसहित बुझ्न जाँदैछौं,’ उनले भने । उनले यही कात्तिक महिनाभित्रै दल दर्ता गर्ने पनि बताए ।