दलित समुदायका पहिलो वरिष्ठ अधिवक्ता अनिरुद्र महतो सम्मानित

दलित समुदायका पहिलो वरिष्ठ अधिवक्ता अनिरुद्र महतो सम्मानित
49

काठमाडौं — दलित कानुन विद्यार्थी समाज ९म्ीक्क्० ले दलित समुदायका पहिलो वरिष्ठ अधिवक्ता अनिरुद्र महतो ९बैठा० लाई सम्मान गरेको छ। समाजको दोस्रो राष्ट्रिय सम्मेलन तथा अधिवेशनका अवसरमा उहाँले न्याय क्षेत्रमा पुर्‍याउनुभएको दीर्घ योगदान तथा दलित अधिकारका लागि गरेको निरन्तर पैरवीको कदर गर्दै सम्मान गरिएको हो।

रौतहट निवासी वरिष्ठ अधिवक्ता महतो सन् २०३६ सालदेखि निरन्तर कानुनी पेसामा सक्रिय रहँदै आउनुभएको छ। लामो समयदेखि न्याय तथा कानुनी क्षेत्रमा क्रियाशील उहाँ दलित समुदायबाट वरिष्ठ अधिवक्ताको उपाधि प्राप्त गर्ने पहिलो व्यक्तिका रूपमा समेत परिचित हुनुहुन्छ।

दलित समुदायको न्यायमा पहुँच, अधिकार र सामाजिक न्यायका सवालमा उहाँले पुर्‍याउनुभएको योगदानलाई सम्मान गर्दै राष्ट्रिय सम्मेलनमा उहाँलाई सम्मान गरिएको दलित कानुन विद्यार्थी समाजले जनाएको छ।

समाजले कानुनी क्षेत्रमा उहाँको दीर्घ अनुभव, संघर्ष र योगदान नयाँ पुस्ताका कानुन विद्यार्थीका लागि प्रेरणाको स्रोत रहेको उल्लेख गरेको छ।

Related Post