दुम्सी मार्न जाँदा दुम्सीको प्वालमा अड्किएका पुरुषको उद्धार

दुम्सी मार्न जाँदा दुम्सीको प्वालमा अड्किएका पुरुषको उद्धार
72

काठमाडौं । दुम्सी मार्ने क्रममा दुम्सीमो प्वाल अड्किएका एक पुरुषको सकुशल उद्धार गरिएको छ । सप्तरीको कन्चनरुप नगरपालिका–११ स्थित बक्सामा ५० वर्षिय दिलिप रेग्मी दुम्सी मार्न प्वालमा छिर्ने क्रममा अड्किएका थिए ।

सो लगत्तै उनीसँगै गएका उनका साथीहरुले जानकारी गराएपछि सशस्त्र प्रहरी बल नेपाल सुरक्षा वेश भारदह र सितापुरबाट विपद् व्यवस्थापन तालिम प्राप्त सुरक्षा फौजसहित नेपाल प्रहरीको संयुक्त टोलीले ५ घण्टादेखि जमिन मुनि फसेका रेग्मीलाई करीव २० मिटर भित्रबाट सकुशल उद्धार गरेको हो ।

उद्धार पश्चात उनलाई उपचारको लागि धर्मेश्वर अस्पताल ठेलियातर्फ पठाएको छ । उनी पहिलेदेखि नै दुम्सीको सिकार गर्दै आइरहेको बुझिएको छ ।

 

Related Post