५५ दिनमा जापानी इन्सेफलाइटिसबाट ९ जनाको ज्यान गयो

10 August, 2026 21 Views
५५ दिनमा जापानी इन्सेफलाइटिसबाट ९ जनाको ज्यान गयो
21

काठमाडौं । पछिल्लो ५५ दिनमा नेपालमा जापानी इन्सेफलाइटिसबाट ९ जनाको मृत्यु भएको छ। स्वास्थ्य सेवा विभागका अनुसार यस अवधिमा ४६ जनामा संक्रमण देखिएको छ। मृत्यु हुनेमध्ये सबैभन्दा धेरै ६ जना कोशी प्रदेशका छन्।

त्यस्तै, झापामा ३ जना तथा इलाम, मोरङ र सुनसरीमा एक–एक जनाको मृत्यु भएको हो। मधेश प्रदेशमा ११ जनामा संक्रमण देखिँदा धनुषा र रौतहटमा एक–एक जनाको मृत्यु भएको छ भने दाङमा पनि एक जनाको मृत्यु भएको हो।

स्वास्थ्य सेवा विभागका अनुसार संक्रमित र मृत्यु भएकामध्ये अधिकांशले जापानी इन्सेफलाइटिसविरुद्धको खोप लगाएका थिएनन्।
 

परिवार कल्याण महाशाखाअन्तर्गत बालस्वास्थ्य तथा खोप शाखाका प्रमुख डा. अभियान गौतमले असार र साउनको तथ्यांक विश्लेषण गर्दा ९ जनाको मृत्यु भएको जानकारी दिए।

चिकित्सकका अनुसार संक्रमित लामखुट्टेको टोकाइबाट जापानी इन्सेफलाइटिस सर्छ। तर, यो रोग मानिसबाट मानिसमा भने सर्दैन।

Related Post