33
माघ, काठमाडौं । दरबारमार्गमा सञ्चालित ब्ल्याक आउट डान्स बारमा आगलागी हुँदा लाखौँको धनमाल क्षति भएको छ । जिल्ला प्रहरी परिसर, काठमाडौंका डीएसपी कौशल बुढाथोकीका अनुसार आगलागी नियन्त्रणमा आएको छ । क्षति विवरण भने यकिन भइसकेको छैन । आगलागी नियन्त्रणका लागि बारुण यन्त्र कार्यालय काठमाडौंका चार वटा दमकल घटनास्थलमा पुगेका थिए । क्लबको किचनबाट आगो सल्केको अनुमान गरिएको छ ।