दुर्गा प्रसाईका आसेपासे पनि प्रहरी नियन्त्रणमा, भेट्न आएका ८ जना कार्यकर्ता समातिए

दुर्गा प्रसाईका आसेपासे पनि प्रहरी नियन्त्रणमा, भेट्न आएका ८ जना कार्यकर्ता समातिए
52

मंसि, काठमाडौँ । मध्यरातमा मेडिकल व्यवसायी दुर्गा प्रसाई गिरफ्तार परेपछि उनलाई भेट्न जिल्ला प्रहरी परिसर काठमाडौं पुगेका आठ जना कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरीका प्रवक्ता पवन भट्टराईका अनुसार ठूलो भीड, नाराजुलुस र असुरक्षा बढ्नसक्ने अवस्थाका कारण उनीहरूलाई स्क्रिनिङका लागि नियन्त्रणमा राखिएको हो।

प्रहरीले नियन्त्रणमा परेकामध्ये केहीले सामाजिक सञ्जालमा प्रहरी कार्यालय तोडफोड गरेर भए पनि प्रसाईलाई निकाल्नुपर्छ भन्ने जस्ता उत्तेजक र भ्रमपूर्ण सूचना फैलाइरहेको जनाएको छ। आपराधिक रेकर्ड हेर्न र अराजक समूहको गतिविधि निगरानी गर्न उनीहरूलाई समातिएको प्रवक्ताले स्पष्ट पारे।

प्रसाई पक्राउ लगत्तै उनका समर्थकहरू प्रहरी परिसर पुगेका थिए। केही समूहले सामाजिक सञ्जालमार्फत भ्रामक सामग्री फैलाउँदै विरोध बढाउन खोजेको प्रहरीले बताएको छ। प्रसाईलाई सार्वजनिक शान्तिविरुद्धको कसुरमा चार दिनका लागि हिरासतमा राख्न जिल्ला प्रशासन कार्यालयले म्याद दिएको छ। म्याद थप प्रकृयाका क्रममा प्रसाईले आफू कुन मुद्दामा पक्राउ परेका हुन् भन्ने जानकारी नै नदिइएको आरोपसमेत लगाएका छन्।
 

Related Post