दसैंमा लाग्ने तीन प्रतिक्षित नेपाली चलचित्र : कसले कति पायो शो?

26 September, 2025 186 Views
दसैंमा लाग्ने तीन प्रतिक्षित नेपाली चलचित्र : कसले कति पायो शो?
186

काठमाडौं । दसैंको फूलपातीको अवसर पारेर यहीँ असोज १३ गते तीन प्रतिक्षित नेपाली चलचित्रहरु ‘बलिदान’, ‘माइतीघर’ र ‘हरिबहादुरको जुत्ता’ एकसाथ प्रदर्शनमा आउँदैछन् । सोमबारदेखि प्रदर्शनमा आउने यी तीन चलचित्रको लागि देशभरका अधिकांश मल्टिप्लेक्सहरूले अग्रिम टिकट बुकिङ खुलाइसकेका छन्।

तीनवटै चलचित्रको लागि मल्टिप्लेक्सहरूमा बिहान साढे पाँचदेखि मध्यरात साढे एघार बजेसम्मका शोहरू राखिएका छन्।
सन्तोष सेन निर्देशित ‘बलिदान’ ले अन्य दुई चलचित्रको तुलनामा बढी शो पाएको छ। देशको सबैभन्दा ठूलो मल्टिप्लेक्स चेन क्युएफएक्सले ‘बलिदान’ लाई काठमाडौंका आउटलेटमा मात्र ४१ शो दिएको छ। यता मिलन तामाङ निर्देशित ‘माइतीघर’ ले क्युएफएक्सले २८ शो पाएको छ भने दीपेन्द्र के। खनाल निर्देशित ‘हरिबहादुरको जुत्ता’ ले २७ शो पाएको छ।

त्यस्तै, देशकै दोस्रो ठूलो मल्टिप्लेक्स चेन आइएनआईले ‘बलिदान’ लाई २४ शो उपलब्ध गराएको छ भने ‘माइतीघर’ लाई १५ शो र ‘हरिबहादुरको जुत्ता’ लाई १४ शो दिएको छ।

वान सिनेमाजमा ‘बलिदान’ ले १० शो, ‘माइतीघर’ ले ९ शो र ‘हरिबहादुरको जुत्ता’ ल्र ७ शो पाएको छ भने बिग मुभिजमा तीनवटै चलचित्रले बराबर ५र५ शो पाएको छ। अन्य मल्टिप्लेक्सहरूले पनि बुकिङ सुरु गरिसकेका छन्।

‘बलिदान’ मा कलाकारद्वय समीर भट्ट, सौगात मल्ल, अर्पण थापा, ऋचा शर्मा, कविता राय, हेमन्त बुढाथोकी, प्रेम पुरी लगायतको अभिनय छ जसको रनटाइम २ घण्टा १० मिनेट रहेको छ।

त्यस्तै, ‘माइतीघर’ मा केदार प्रसाद घिमिरे९माग्ने बुढा०, धीरज मगर, प्रकाश सपुत र उपासना सिंह ठकुरी लगायतको अभिनय छ । यो चलचित्रको रनटाइम २ घण्टा ७ मिनेट छ।

‘हरिबहादुरको जुत्ता’ मा अभिनेता हरिवंश आचार्यको मुख्य भूमिका छ। उनी बाहेक चलचित्रमा प्रकाश सपुत, प्रियंका कार्की र स्वस्तिमा खड्काको पनि अभिनय देख्न सकिन्छ । यो चलचित्रको रनटाइम भने २ घण्टा २१ मिनेट रहेको छ ।

Related Post