रसुवाको बाढीले पर्यटन क्षेत्रमा ५० अर्बभन्दा बढी क्षति

रसुवाको बाढीले पर्यटन क्षेत्रमा ५० अर्बभन्दा बढी क्षति
22

काठमाडौं । रसुवामा आएको विनाशकारी बाढीबाट पर्यटन क्षेत्रमा मात्रै ५० अर्ब रुपैयाँभन्दा बढीको क्षति भएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खड्कराज पौडेल ‘गनेस’ले बताएका छन्।

बुधबार संसद्को अन्तर्राष्ट्रिय समितिको बैठकमा बोल्दै मन्त्री पौडेलले पर्यटन क्षेत्रको प्रारम्भिक मूल्याङ्कनबाट क्षति ५० अर्बभन्दा बढी देखिएको जानकारी दिएका हुन्। उनले प्रभावित क्षेत्रका व्यवसायीलाई क्षतिको विवरणसहितको प्रतिवेदन बुझाउन आग्रह गरिएको बताए।

मन्त्री पौडेलले बाढी प्रभावित क्षेत्रलाई दीर्घकालीन रूपमा ‘क्लाइमेट हेरिटेज’ का रूपमा विकास गर्ने योजना पनि सुनाए। त्यस क्षेत्रमा संग्रहालय, पार्क, स्मारक तथा मूर्ति निर्माणलगायतका संरचना विकास गर्नेबारे मन्त्रालयले योजना बनाउने उनको भनाइ छ।

जलवायु परिवर्तनका कारण यस्ता विपद् बढ्दै गएको भन्दै उनले नेपालले मात्रै नभई अन्य देशले समेत यसको असर भोगिरहेको उल्लेख गरे।

Related Post