7
काठमाडौं । दशौँ राष्ट्रिय खेलकुद आगामी मंसिर १६ देखि २९ गतेसम्म कर्णाली प्रदेशमा आयोजना गर्ने मिति तय भएको छ।
राष्ट्रिय खेलकुद परिषद् को बिहीबार बसेको १२५औँ बोर्ड बैठकले पाँचौँपटक दशौँ राष्ट्रिय खेलकुदको मिति तोकेको हो। यसअघि पनि पटकपटक मिति तोकिए पनि प्रतियोगिता हुन सकेको थिएन।
नवौँ राष्ट्रिय खेलकुदको समापनमा दशौँ राष्ट्रिय खेलकुद २०८१ मंसिरमा कर्णालीमा गर्ने घोषणा गरिएको थियो। तर, पूर्वाधार तयार नभएको भन्दै उक्त समयमा प्रतियोगिता हुन सकेन।
त्यसपछि २०८१ चैत २३ देखि ३०, २०८२ जेठ ३ देखि १० र फागुन १ देखि ७ गतेसम्म प्रतियोगिता गर्ने मिति तोकिएको थियो। आर्थिक तथा अन्य कारणले ती मितिमा पनि खेलकुद आयोजना हुन सकेन।
अब राष्ट्रिय खेलकुद परिषद्ले पाँचौँपटक मिति तय गर्दै आगामी मंसिर १६ देखि २९ गतेसम्म दशौँ राष्ट्रिय खेलकुद आयोजना गर्ने निर्णय गरेको हो।