121
असोज,काठमाडौं । पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले देशलाई आफ्नो नेतृत्व चाहिएको दाबी गरेका छन् । ओलीले केन्द्रीय कमिटिको बैठकमा सम्बोधन गर्दै देशलाई एमाले र आफूलाई नेतृत्वमा चाहेको बताएका हुन् । नेकपा एमाले सधैँका लागि सरकारबाट हट्यो भन्ने भ्रम नपाल्न पनि आग्रह गरेका छन् । आफूहरुमाथि निरन्तर षड्यन्त्र भइरहेको तर आफू नडराउँने बताएका छन् ।