देशमा अझै अर्को दुर्घटना हुनसक्छ : प्रचण्ड

28 January, 2026 57 Views
देशमा अझै अर्को दुर्घटना हुनसक्छ :  प्रचण्ड
57

माघ, काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले देशमा अझै अर्को दुर्घटना हुन सक्ने बताएका छन् ।  निर्वाचन नजिकिँदै गर्दा पनि देश असहज परिस्थितिमा रहेको भन्दै उनेले यस्तो टिप्पणी गरेका हुन् । नेकपा माओवादीका नेताहरूलाई पार्टीमा स्वागत गर्दै उनले देशमा अझै अर्को दुर्घटना हुनसक्ने बताए ।

उनले भने, ‘चुनाव त अगाडि छ तर यो चुनावले के दिन्छ भन्ने पनि कन्फ्युजन छ। हामी एकताबद्ध भएर देशव्यापी अभियानमा गएनौँ भने फेरि अर्को दुर्घटनातिर देश जानसक्छ। उनले एकताबद्ध भएर चुनावमा केन्द्रित हुन पार्टीपंक्तिलाई निर्देशन दिए।

Related Post