धनकुटामा बस दुर्घटना हुँदा ३ जना घाइते

16 August, 2026 50 Views
धनकुटामा बस दुर्घटना हुँदा ३ जना घाइते
50

 काठमाडौं ।  धनकुटामा यात्रुबाहक बस दुर्घटनामा परेको छ। धनकुटा जिल्लाको साँगुरीगढी गाउँपालिका- ६ चारखोले गोलाइस्थित कोशी लोकमार्गमा बस दुर्घटना हुँदा तीन जना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय धनकुटाका अनुसार आइतबार बिहान धरानबाट तेह्रथुमतर्फ जाँदै गरेको को १ ख ५१०५ नम्बरको बस अनियन्त्रित भई दुर्घटनामा परेको हो।

दुर्घटनामा तेह्रथुमको छथर गाउँपालिका-१ की ११ वर्षीया नुमा लिम्बू, छथर गाउँपालिका- ४ का ६९ वर्षीय कविराज थापा र सोही स्थानकी ५६ वर्षीया शुकमाया लिम्बू घाइते भएका हुन्। घाइते तीनै जनालाई थप उपचारका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान पठाइएको प्रहरीले जनाएको छ।

 

Related Post