उज्वेकिस्तानलाई ३–१ ले हराउँदै कोलम्बिया समूह ‘के’ को शीर्षमा

18 June, 2026 81 Views
उज्वेकिस्तानलाई ३–१ ले हराउँदै कोलम्बिया समूह ‘के’ को शीर्षमा
81

काठमाडौं — दोस्रो हाफमा दुई गोल थप्दै कोलम्बियाले विश्वकप २०२६ अन्तर्गत समूह ‘के’ को खेलमा उज्वेकिस्तानलाई ३–१ ले पराजित गरेको छ। जितसँगै कोलम्बिया तीन अंक जोड्दै समूहको शीर्ष स्थानमा उक्लिएको छ।

यसअघि समूहकै अर्को खेलमा पोर्चुगल र डीआर कंगो ले १–१ को बराबरी खेल्दै अंक बाँडेका थिए, जसले कोलम्बियालाई समूहमा बलियो अवस्थामा पुर्‍याएको छ।मेक्सिको सिटी स्टेडियम मा सम्पन्न खेलमा कोलम्बियाले ४०औं मिनेटमा अग्रता लिएको थियो। ड्यानिएल मुनोजले भलिबाट आकर्षक गोल गर्दै टोलीलाई अघि बढाएका थिए।

विश्वकपमा पहिलोपटक सहभागी भएको उज्वेकिस्तानले दोस्रो हाफमा उत्कृष्ट पुनरागमनको प्रयास गर्‍यो। प्रशिक्षक फाबियो कानाभारो को नेतृत्वमा रहेको टोलीका लागि एबोसबेक फायजुलेभले ६०औं मिनेटमा हेडमार्फत बराबरी गोल गर्दै खेल रोमाञ्चक बनाएका थिए।

तर कोलम्बियाले पाँच मिनेटपछि नै पुनः अग्रता बनायो। ६५औं मिनेटमा डियाजले गोल गर्दै टोलीलाई २–१ को अवस्थामा पुर्‍याए। त्यसपछि इन्ज्युरी समयको नवौं मिनेटमा जमिन्टन काम्पाजले अर्को गोल थप्दै कोलम्बियाको जित सुनिश्चित गरे।

जितसँगै कोलम्बिया तीन अंकसहित समूह ‘के’ को शीर्ष स्थानमा पुगेको छ। अब समूह चरणको अर्को खेलमा कोलम्बियाले डीआर कंगो सँग प्रतिस्पर्धा गर्नेछ भने उज्वेकिस्तानले पोर्चुगल को सामना गर्नेछ।

Related Post