विभिन्न फौजदारी मुद्दामा पक्राउ पुर्जी जारी गरिएका खगेन्द्र सुनारलाई पक्राउ गर्ने प्रहरीको तयारी

26 October, 2025 435 Views
विभिन्न फौजदारी मुद्दामा पक्राउ पुर्जी जारी गरिएका खगेन्द्र सुनारलाई  पक्राउ गर्ने प्रहरीको तयारी
435

कात्तिक,काठमाडौं । विभिन्न फौजदारी मुद्दामा पक्राउ पुर्जी जारी गरिएका खगेन्द्र सुनारलाई प्रहरीले कानूनबमोजिम कारबाही गर्ने भएको छ । काभ्रेपलाञ्चोक जिल्ला अदालते साउन ५ गते जारी गरेको पक्राउ पुर्जीका आधारमा सुनारलाई पक्राउ गर्ने तयारी गरेको हो । विद्युतीय कारोबार ऐनअन्तर्गत कसुर मुद्दामा जिल्ला अदालतले साउन २ गते सुनारलाई दोषी ठहर गर्दै पक्राउ गरी कारबाही अगाडि बढाउने आदेश गरेको थियो । सोही आदेशबमोजिम ५ गते पक्राउ पुर्जी जारी भएको हो । 

यससँगै सुर्खेत जिल्ला अदालतले २०८१ असार २१ गते तोडफोड तथा हातपातसम्बन्धी मुद्दामा पक्राउ पुर्जी जारी गरेको छ । जिल्ला प्रहरी कार्यालयमा उनीविरुद्ध बहुविवाह मुद्दा दर्ता छ । नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता डीआईजी विनोद घिमिरेले पक्राउ पुर्जी जारी गरिएको जोकोही व्यक्तिलाई पक्राउ गर्नु प्रहरीको नियमित कार्य भएको बताए । 

Related Post