१० वर्षीया बालिका अपहरण आरोपमा युवक पक्राउ, प्रहरीले चलायो गोली

04 October, 2026 107 Views
१० वर्षीया बालिका अपहरण आरोपमा युवक पक्राउ, प्रहरीले चलायो गोली
107

काठमाडौं । रुपन्देहीमा १० वर्षीया बालिका अपहरण गरेको आरोपमा प्रहरीले एक युवकलाई गोली प्रहार गरी पक्राउ गरेको छ।

पक्राउ पर्नेमा तिलोत्तमा नगरपालिका–१७ का २७ वर्षीय युवराज थारु रहेका छन्। प्रहरीले उनलाई तिलोत्तमाको कान्छीबजारस्थित जंगलबाट पक्राउ गरेको हो।

प्रहरीका अनुसार अपहरणपछि बालिकालाई जंगलमा लुकाइएको थियो। खोजीका क्रममा प्रहरीले थारुलाई नियन्त्रणमा लिन गोली चलाएको जनाएको छ।

बालिका अपहरण भएको करिब ३७ घण्टापछि प्रहरीले उनलाई सकुशल उद्धार गरेको बुटवलका डीएसपी निशान्त श्रीवास्तवले जानकारी दिएका छन्।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Related Post