विराटनगरमा मार्बल बोकेको ट्रक दुर्घटना हँदा ५ जनाको मृत्यु

15 January, 2026 94 Views
विराटनगरमा मार्बल बोकेको ट्रक दुर्घटना हँदा ५ जनाको मृत्यु
94

माघ, सुनसरी ।  विराटनगरबाट मार्बल बोकेर राजविराज जाँदै गरेको १ ख ४५४१ नम्बरको ट्रक सुनसरी भोक्राह नरसिंह गाउँपालिकाअन्तर्गत हुलाकी राजमार्गमा आज बिहान पल्टिदा ५ जनाको मृत्यु भएको छ । दुर्घटनामा ३ जना घाइते भएका छन् ।

मृत्यु हुनेमा सुनसरी बर्जु वडा नं १ का एकै बस्तीका पाँचजनाको रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । प्रहरी उपरीक्षक चन्द्र खड्काका अनुसार बर्जु वडा नं का ३२ वर्षीय वीरेन्द्र गुरुङ, सोही ठाउँका ५५ वर्षीय बह्मदेव गुरुङ, ५० वर्षीय टेकबहादुर गुरुङ, २८ वर्षीय निसु गुरुङ र ५५ वर्षीय चन्द्रबहादुर गुरुङको मृत्यु भएको छ ।

ट्रकमा अगाडिको क्याबिनमा चालकसहित चारजना पछाडि पाँच जना रहेका थिए । यसमा पछाडि बसेका पाँचैजनाको मार्बलले किचेर मृत्यु भएको हो । क्याबिनमा बसेका तीन जना घाइतेको विराट टिचिङ हस्पिटलमा उपचार भइरहेको छ । चालक भने फरार रहेका जनाइएको छ ।

 

Related Post