वैशाखयता विपद्का घटनामा २१५ जनाको मृत्यु

14 August, 2026 77 Views
वैशाखयता विपद्का घटनामा २१५ जनाको मृत्यु
77

काठमाडौँ । वैशाख १ गतेदेखि २८ गतेसम्म देशभर विपद्का ४ हजार ६०८ घटना भएका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार ती घटनामा २१५ जनाको मृत्यु भएको छ भने १५ जना बेपत्ता भएका छन् । विपद्का घटनाबाट ५ हजार ६३८ परिवार प्रभावित भएका छन् ।

यस अवधिमा सबैभन्दा धेरै आगलागीका घटना भएका छन् । १ हजार ९० आगलागीका घटनामा २० जनाको मृत्यु र १४६ जना घाइते भएका छन् ।

त्यस्तै, ८९२ सर्पदंशका घटनामा ६३ जनाको मृत्यु भएको छ भने ८३७ जना घाइते भएका छन् । ८६२ पहिरोका घटनामा २४ जनाको मृत्यु, ११ जना बेपत्ता र ३५ जना घाइते भएका छन् ।

बाढीका २३७ घटनामा १८ जनाको मृत्यु, ४ जना बेपत्ता र १३ जना घाइते भएका छन् । भारी वर्षाका कारण ४ जनाको मृत्यु भएको छ ।

हावाहुरीका ४८० घटनामा १३ जनाको मृत्यु र ६८ जना घाइते भएका छन् । चट्याङका २३६ घटनामा २५ जनाको मृत्यु र १३२ जना घाइते भएका छन् ।

यस्तै, जनावरको आक्रमणका २५७ घटनामा १८ जनाको मृत्यु र १३६ जना घाइते भएका छन् ।

Related Post