विश्वकप २०२६, एर्लिङ हालान्डको जादुमयी प्रदर्शन, ब्राजिललाई स्तब्ध पार्दै नर्वे पटक क्वार्टरफाइनलमा

06 July, 2026 118 Views
विश्वकप २०२६, एर्लिङ हालान्डको जादुमयी प्रदर्शन, ब्राजिललाई स्तब्ध पार्दै नर्वे पटक क्वार्टरफाइनलमा
118
फिफा विश्वकप २०२६ को 'राउन्ड अफ १६' अन्तर्गत न्यू जर्सीस्थित मेटलाइफ स्टेडियममा भएको रोमाञ्चक खेलमा नर्वेले पाँच पटकको विश्व विजेता ब्राजिललाई २-१ गोल अन्तरले पराजित गर्दै इतिहास रचेको छ।
नर्वेलाई विश्वकपको इतिहासमै पहिलो पटक क्वार्टरफाइनलमा पुर्‍याउन स्टार स्ट्राइकर एर्लिङ हालान्डले खेलको ७९ औं र ९० औं मिनेटमा दुई उत्कृष्ट गोल गरे। खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो, जहाँ ब्राजिलका ब्रुनो गुइमारेसले प्रहार गरेको पेनाल्टीलाई नर्वेका गोलकिपर ओर्जन निल्यान्डले उत्कृष्ट बचाउ गरेका थिए।
खेलको इन्जुरी समयको (९०+१० मिनेट) मा ब्राजिलका लागि नेयमारले पेनाल्टी मार्फत एक सान्त्वना गोल फर्काए पनि टोलीलाई ऐतिहासिक पराजय र बाहिरिनुबाट जोगाउन सकेनन्। 
यस पराजयसँगै कार्लो एन्सेलोटीको प्रशिक्षणमा रहेको ब्राजिल सन् १९९० पछि पहिलो पटक विश्वकपको 'राउन्ड अफ १६' बाटै बाहिरिएको छ, जुन नेपाली र विश्वभरका ब्राजिलियन फुटबल फ्यानहरूका लागि ठूलो झट्का हो। खेलपछि भावुक हुँदै ३४ वर्षीय ब्राजिलियन कप्तान नेयमारले आफ्नो अन्तर्राष्ट्रिय फुटबल करियर समाप्त भएको घोषणा समेत गरेका छन्।
 यस खेलमा गरेका दुई गोलसँगै हालान्ड यस विश्वकपमा कुल ७ गोल गर्दै गोल्डेन बुटको दौडमा लियोनेल मेस्सी र किलियन एम्बाप्पेको बराबरीमा पुगेका छन्। यो नतिजासँगै नर्वेले ब्राजिल विरुद्धको आफ्नो अपराजित यात्रा (५ खेलमा ३ जित र २ बराबरी) लाई कायमै राख्दै आगामी जुलाई ११ मा मियामीमा हुने क्वार्टरफाइनलमा इङ्गल्याण्डसँगको भेट पक्का गरेको छ।

Related Post