8
काठमाडौं । समस्याग्रस्त सहकारीको कालोसूचीमा रहेका राकेशकुमार रावल विदेश उड्नुअघि नै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका छन्।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा प्रहरीले रावललाई बिहीबार बिहान पक्राउ गरेको हो। उनी नेपाल एयरलाइन्सको उडानमार्फत विदेश जाने तयारीमा विमानस्थल पुगेका थिए।
उडानअघि गरिएको जाँचबुझका क्रममा रावल समस्याग्रस्त सहकारीको कालोसूचीमा रहेको खुलेपछि प्रहरीले उनलाई विमानस्थलबाटै नियन्त्रणमा लिएको जनाएको छ।
प्रहरीका अनुसार कालोसूचीमा रहेको विवरण खुलेपछि आवश्यक अनुसन्धान तथा सोधपुछका लागि रावललाई नियन्त्रणमा लिइएको हो।
रावल कुन सहकारीसँग सम्बन्धित विषयमा कालोसूचीमा परेका हुन् भन्ने लगायतका विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ। घटनाबारे थप विवरण अनुसन्धानपछि खुल्ने प्रहरीले बताएको छ।