विधानमा संशोधन गरी जेनजी उमेर समूहलाई समेट्न माग गर्दै कांग्रेसका जेनजी पुस्ता

12 October, 2025 235 Views
विधानमा संशोधन गरी जेनजी उमेर समूहलाई समेट्न माग गर्दै कांग्रेसका जेनजी पुस्ता
235

असोज, काठमाडौं ।   नेपाली कांग्रेसका जेनजी युवाहरुले नौं बुँदे माग राख्दै विधानमा संशोधन गरी जेनजी उमेर समूहका युवाहरु समेट्न माग गरेका छन् । नेपाली कांग्रेसले दल भित्र पनि बदलिएको समय अनुरुपको बदलाव अत्यावश्यक रहेको भन्दै जेनजी युवाहरुले कांग्रेसलाई सुझाव दिएका हुन् ।

आइतबार अपिल पत्र निकाल्दै उनीहरुले भनेका छन्, ‘देशमा भ्रष्टाचार नियन्त्रण गर्न र सुशासन स्थापित गर्न हामी प्रतिवद्ध छौं । संगै, आफू आवद्ध रहेको दल, संस्था या समूहमा बदलिएको समय अनुरुपको बदलाव अत्यावश्यक छ त्यसकारण, हामी विनम्रतापूर्वक अपील गर्दछौं– ‘सबै बदलिऔं, सबै मिलेर देश बदलौँ ।’

पूरानै शैली र पूरानै प्रवृत्तिबाट नेतृत्व गर्न नसक्ने भन्दै प्रत्येक नयाँ या पूराना दलमा परिवर्तन जरुरी रहेको युवाहरुको भनाई छ । ‘पूरानै शैली र पूरानै प्रवृत्तिबाट कसैले पनि नेतृत्व गर्न सक्दैन । अतः प्रत्येक नयाँ या पुराना दलमा परिवर्तन जरुरी छ । हामी प्रत्येक व्यक्तिको प्रवृत्तिमा अनि विचार समुहहरुको शैलीमा परिवर्तन जरुरी छ । हरेकको चरीत्रमा र समयको चित्रमा जबर्जस्त परिवर्तन जरुरी छ,’अपिल पत्रमा उल्लेख गरिएको छ ।  

May be an image of map and text

 

 

Related Post