विधुत प्राधिकरणका कर्मचारीलाई २७ हजार वार्षिकोत्सव भत्ता, विधुत निर्यात ३० अर्ब पुग्ने अवस्थामा

18 August, 2026 55 Views
विधुत  प्राधिकरणका कर्मचारीलाई २७ हजार वार्षिकोत्सव भत्ता,  विधुत निर्यात ३० अर्ब पुग्ने अवस्थामा
55

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले नेपाल  विधुत प्राधिकरणका कर्मचारीलाई २७ हजार रुपैयाँ वार्षिकोत्सव भत्ता उपलब्ध गराउने घोषणा गरेका छन्। सोमबार प्राधिकरणको ४१औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उनले यस्तो घोषणा गरेका हुन्।

मन्त्री श्रेष्ठले नेपाल करिब ३० अर्ब रुपैयाँ बराबरको  विधुत निर्यात गर्न सक्ने अवस्थामा पुगेको पनि बताए। विधुत, प्रसारण र वितरण पूर्वाधारको विस्तारसँगै लाखौँ घरधुरीमा विद्युत् सेवा पुर्‍याउँदै मुलुक विद्युत् निर्यातको चरणमा प्रवेश गरेको उनको भनाइ थियो।उनले चार दशकभन्दा लामो अवधिमा नेपाल  विधुत प्राधिकरणले नेपालको ऊर्जा विकासमा महत्वपूर्ण र ऐतिहासिक भूमिका निर्वाह गरेको उल्लेख गरे।  विधुत  उत्पादनदेखि प्रसारण तथा वितरण पूर्वाधारको विकास र विधुत  निर्यातको आधार तयार गर्न प्राधिकरणको योगदान महत्वपूर्ण रहेको उनले बताए।

ऊर्जा क्षेत्रमा प्राधिकरणसँग सहकार्य गर्दै आएका निजी क्षेत्रका ऊर्जा उत्पादक, सहयोगी निकाय तथा अन्य सम्बन्धित पक्षको भूमिकासमेत प्रशंसनीय रहेको मन्त्री श्रेष्ठले बताए।उनका अनुसार चालु आर्थिक वर्षमा सरकारले प्रसारण पूर्वाधारको विस्तार र सुधारलाई प्राथमिकतामा राखेको छ। उत्पादन बढ्दै गए पनि उच्च विधुत  भार धान्न सक्ने प्रसारण प्रणाली कमजोर रहे त्यसको अपेक्षित लाभ लिन नसकिने उनले बताए।

त्यसैले रणनीतिक महत्वका प्रसारण लाइन, सबस्टेसन तथा ग्रिडको सुदृढीकरणसँगै अन्तरदेशीय प्रसारण पूर्वाधार निर्माणलाई तीव्रता दिने गरी सरकारले योजना बनाएर कार्यान्वयन अघि बढाइरहेको मन्त्री श्रेष्ठले जानकारी दिए।

Related Post