कात्तिक, काठमाडौ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्र बहादुर केसीले व्यक्तिले गरेका गल्तीको सजाय व्यवस्थालाई दिन नहुने बतएका छन् । उनले भनेका छन् ‘जेनजी’ समूहले उठाएका भ्रष्टाचार नियन्त्रण र सुशासनको माग स्वाभाविक भए पनि मुलुकका महत्वपूर्ण राष्ट्रिय सम्पत्तिमाथि तोडफोड र आगजनी गर्ने कार्य गलत भएको छ । भ्रष्टाचार गर्नेलाई कारबाहीको दायरामा ल्याउन सकिन्छ । त्यसका नाममा जनताको करबाट निर्माण गरिएका संरचनामा क्षति पुगेको छ ।
यस्तो हर्कत नेपाली नागरिकले गर्न सक्दैनन् । त्यसमा विदेशी घुसपैठ भएको हुनसक्छ । यस्ता अराजक घटनाक्रमले लोकतन्त्र र गणतन्त्रलाई बलियो बनाउँदैन । व्यक्ति विशेषले गलत गर्ने तर त्यसको सजाय लोकतन्त्र र गणतन्त्रले भोग्नुपर्ने भन्ने हुनसक्दैन । मुलुकमा विकसित पछिल्लो घटनाक्रमबारे छिट्टै बस्ने पार्टी केन्द्रीय कमिटी बैठकले दृष्टिकोण सार्वजनिक गर्नेछ ।
व्यक्तिले गरेका गल्तीको सजाय व्यवस्था माथि हुनुहुँदैन : चित्रबहादुर केसी
158