यातायात विभागले अब फेसबुकबाट लाइसेन्सबारे सूचना दिने

20 November, 2025 118 Views
यातायात विभागले अब फेसबुकबाट लाइसेन्सबारे सूचना दिने
118

कात्तिक, काठमाडौं ।  सवारी चालक अनुमतिपत्र (लाइसेन्स) सम्बन्धी सूचना अब सहज रूपमा फेसबुकमार्फत प्राप्त हुने भएको छ। यातायात व्यवस्था विभागले अनलाइन स्वचालित सूचना प्रणालीमा प्राविधिक समस्या देखिएपछि लाइसेन्स तयार भएको जानकारी आफ्नो आधिकारिक फेसबुक पेजमार्फत सार्वजनिक गर्ने निर्णय गरेको छ।

पहिले अत्यावश्यक लाइसेन्स छपाइका लागि अनलाइन फारम भरेका र एप्रुभ भएका आवेदकलाई ७२ घण्टाभित्र ‘नोटिफिकेसन’ पठाइन्थ्यो। तर हाल प्रणाली अवरुद्ध हुँदा विभागले नयाँ विकल्पका रूपमा हेलो यातायात व्यवस्था विभाग’ नामक फेसबुक पेजमा छपाइ सकिएका लाइसेन्सको नाम सूची नियमित रूपमा प्रकाशित गर्ने बताएको छ।

विभागले फेसबुकमा नाम समावेश भएका सबै आवेदकलाई सक्कल राजस्व तिरेको रसिद लिएर विभागमा उपस्थित भई लाइसेन्स बुझ्न अनुरोध गरेको छ। यस्तै, लाइसेन्स नवीकरण वा नयाँ वर्ग थप गर्न चाहने सेवा(ग्राहीले अनिवार्य रूपमा आफ्नो पुरानो लाइसेन्स साथमा ल्याउनुपर्ने विभागले स्पष्ट पारेको छ। नयाँ व्यवस्थाले आवेदकलाई जानकारी छिटो र सजिलै पाउन मद्दत गर्ने विभागको अपेक्षा छ।

Related Post