युवा ब्यावसायी अस्मिन पराजुली सम्मानित

22 March, 2026 984 Views
युवा ब्यावसायी अस्मिन पराजुली सम्मानित
984

काठमाडौँ  । १८ वर्षको उमेरमै उद्यमशीलताको उदाहरण प्रस्तुत गर्दै युवा व्यवसायी अस्मिन पराजुली सम्मानित भएका छन्। नेपाल व्यापार संघले शनिबार आयोजित आफ्नो ३३औँ वार्षिक साधारण सभा तथा १७औँ अधिवेशनको अवसरमा उनलाई विशेष सम्मान प्रदान गरेको हो।

अस्मिन पराजुलीले कक्षा १२ को अध्ययन पूरा गरेलगत्तै विदेश जाने वा अन्य रोजगारीको विकल्प रोज्नुको सट्टा स्वदेशमै केही गर्ने अठोट लिएका थिए। यही सोचका साथ उनले आफ्नी आमा मिना पौडेलले सञ्चालन गर्दै आउनुभएको “मिना टेलर्स” व्यवसायलाई अगाडि बढाउने जिम्मेवारी सम्हालेका हुन्। अहिले उक्त व्यवसायलाई आधुनिक सोच र व्यवस्थापनसँग जोड्दै उनले थप विस्तार गरिरहेका छन्।

सुरुवाती  चरणमा पारिवारिक व्यवसायका रूपमा रहेको मिना टेलर्सलाई अस्मिनले नयाँ ढंगले व्यवस्थापन गर्दै ग्राहक सेवा, डिजाइन र उत्पादनमा सुधार गरेका छन्। उनको नेतृत्वमा व्यवसायले विस्तार पाउँदै जाँदा हाल ४–५ जनालाई प्रत्यक्ष रोजगारीसमेत प्रदान गरिएको छ। सानो उमेरमै रोजगारी सिर्जना गर्दै आत्मनिर्भर बन्ने उनको प्रयासलाई स्थानीय स्तरमा सकारात्मक रूपमा हेरिएको छ।

सम्मान कार्यक्रममा बोल्दै संघका पदाधिकारीहरूले युवाहरू विदेश पलायन भइरहेका बेला अस्मिन जस्ता युवाले स्वदेशमै अवसर सिर्जना गर्नु प्रेरणादायी भएको बताए। उनीहरूले यस्ता युवालाई प्रोत्साहन गर्नुपर्ने आवश्यकता औँल्याउँदै आगामी दिनमा थप सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गरे।

सम्मान ग्रहण गर्दै अस्मिन पराजुलीले आफूले गरेको प्रयासलाई कदर गरिएकोमा खुशी व्यक्त गरे। उनले आफ्नो लक्ष्य व्यवसायलाई अझ विस्तार गर्दै थप रोजगारी सिर्जना गर्ने रहेको बताए। साथै, नेपालमै सम्भावना खोज्न र मेहनत गर्न युवाहरूलाई उनले आग्रहसमेत गरेका छन्।

 

Related Post