युवा कार्यकर्ताले लगाए कांग्रेस केन्द्रीय कार्यालयको मूल गेटमा ताला

युवा कार्यकर्ताले लगाए कांग्रेस केन्द्रीय कार्यालयको मूल गेटमा ताला
93

कात्तिक, काठमाडौं । नियमित महाधिवशेनको समय सार्वजनिक गर्न माग गर्दै युवा कार्यकर्ताले सानेपास्थित नेपाली कांग्रेसको केन्द्रीय कार्यालयको मूल गेटमा तालाबन्दी गरेका छन् । नियमित महाधिवशेनको माग राखेर उनीहरूले पार्टी कार्यालयको मूल गेटमा तालाबन्दी गरेका हुन् ।

उनीहरूले महाधिवशेनमा युवा प्रतिनिधित्वको सुनिश्चिता गर्न माग गरेका छन् । पार्टी अनिर्णियको बन्दी भएको भन्दै छिटो निर्णय गर्नका लागि युवाहरूले तालाबन्दीपछि प्रदर्शन समेत गरेका छन् । २८ असोजदेखि सुरु भएको केन्द्रीय समितिको बैठक पटक(पटक स्थगित हुँदै आएको छ । शुक्रबारका लागि बैठक डाकिएको थियो । तर बस्दै नबसी बैठक आजका लागि सारिएको थियो । तर आजको बैठक पनि नबसी मंगलबारका लागि सारिएको छ ।

केन्द्रीय समितिको बैठक फेरि स्थगित गरिएपछि कार्यालयमा ताला लगाउनु परेको विरोधमा सहभागी विद्यार्थी नेता भुवन भट्टले जानकारी गराए । 

Related Post