जाजरकोटमा पठनपाठन सुरु गर्न टेन्ट निर्माण गरिँदै

४ मंसिर, जाजरकोट । गत कात्तिक १७ गते गएको भूकम्पबाट भत्किएका विद्यालयमा अस्थायी संरचना निर्माण गरेर…

अन्तर्राष्ट्रिय बाल अधिकार दिवस मनाइँदै

४ मंसिर, काठमाडौँ । आज ३४औँ अन्तर्राष्ट्रिय बाल अधिकार दिवस विभिन्न कार्यक्रमका साथ मनाइँदै छ ।…

टिकटक प्रतिबन्धविरुद्धको रिट न्यायाधीश कुमार चुडालको इजलाशमा

४ मंसिर, काठमाडौं । टिकटक प्रतिबन्धविरुद्ध परेका करिब १० रिटको सुनुवाइ न्यायाधीश डा. कुमार चुडालको इजलासमा…

एआइजी ज्ञवालीको जन्ममिति सम्बन्धि विवाद फेरी सतहमा

३ मंसिर, काठमाडौ। नेपाल प्रहरीका अतिरिक्त प्रहरी महानिरीक्षक(एआइजी) श्यामलाल ज्ञवालीको जन्ममिति सम्बन्धि विवाद फेरी सतहमा आएको…

जापानलाई ४५ रनले हराउँदै नेपाल तेस्रो स्थानमा

३ मंसिर ,काठमाडौं । चार देश सम्मिलित महिला टि–२० सिरिजमा नेपालले तेस्रो स्थान हासिल गरेको छ…

अमेरिकाको अध्यागमन हिरासतमा नेपालीको मृत्यु

१ मंसिर, काठमाडौं । अमेरिकाको अध्यागमन हिरासतमा एक जना नेपालीले ज्यान गुमाएका छन् । साढे दुई…

केही दिनभित्रै प्रहरी ऐन आउँछ र प्रदेशसँग लाठी हुन्छ : प्रचण्ड

१ मंसिर, पोखरा । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रदेश सरकारका लागि आवश्यक प्रमुख प्रहरी समायोजन ऐन,…

मर्दी हिमाल बाह्य तथा आन्तरिक पर्यटकको रोजाइमा

१ मंसिर, कास्की । कास्की जिल्लाको माछापुच्छ्रे गाउँपालिकामा अवस्थित मर्दी हिमाल पदमार्ग पछिल्ला वर्षमा पर्यटकको रोजाइमा…

टोपबहादुर रायमाझी पक्राउ

नक्कली भुटानी शरणार्थी प्रकरणमा नेकपा एमालेका नेता टोपबहादुर रायमाझी पक्राउ परेका छन् । प्रहरी प्रधान कार्यालयको…

महिलामाथिको प्रतिबन्धका कारण केही महत्वपूर्ण कार्य रोकिएः राष्ट्रसंघएजेन्सी न्युयोर्क, १४ पुस संयुक्त राष्ट्र संघले अफगानिस्तानमा केही ‘समय–महत्वपूर्ण’ कार्यक्रमहरू अस्थायी रूपमा रोकिएका र तालिबान नेतृत्वको प्रशासनले महिला सहायताकर्मीहरूमा प्रतिबन्ध लगाएको कारण अन्य धेरै गतिविधिहरू पनि रोक्न आवश्यक हुन सक्ने चेतावनी दिएको छ ।  संयुक्त राष्ट्र संघका सहायता प्रमुख मार्टिन ग्रिफिथ्स, संयुक्त राष्ट्र संघीय निकायहरुका  प्रमुखहरू र धेरै सहायता समूहहरूले एक संयुक्त वक्तव्यमा भनेका छन् कि सहायता वितरणमा  महिलाहरूको सहभागिता वार्तायोग्य छैन र अधिकारीहरूलाई निर्णय उल्टाउन आह्वान गर्दै वितरणलाई जारी राख्नुपर्ने बताएका छन् । महिलाहरूलाई मानवीय कार्यमा प्रतिबन्ध लगाउनुले सबै अफगानीहरूको लागि तत्काल जीवनलाई जोखिम पार्ने परिणामहरू आउने छ ।  विज्ञप्तिमा भनिएको छ, ‘महिला कर्मचारी नहुँदा केही समयका लागि महत्वपूर्ण कार्यक्रमहरु अस्थायी रुपमा रोकिनु परेको छ । यसअघि अफगानिस्तानमा महिलालाई लक्षित गर्ने आफ्ना नीतिहरू तुरुन्तै खारेज गर्न  राष्ट्रसंघले तालिबानसँग माग गरेको थियो । महिला र केटीहरूमाथि लगाइएका यी अथाह प्रतिबन्धहरूले सबै अफगानिस्तानको पीडा बढाउनुका अतिरिक्त अफगानिस्तानको सिमानाबाहिर पनि खतरा निम्त्याउने डर भएको  राष्ट्रसंघले उल्लेख गर्दै आएको छ ।  शनिबार अफगानिस्तानका कट्टरपन्थी इस्लामवादी शासकहरूले महिलाहरूलाई गैर–सरकारी संस्थाहरूमा काम गर्न प्रतिबन्ध लगाएको घोषणा गरेका थिए । यसअघि तालिबानले  महिलाहरूको लागि विश्वविद्यालय शिक्षा र केटीहरूको लागि माध्यमिक शिक्षा निलम्बन गरेको थियो ।  

एजेन्सी न्युयोर्क, १४ पुस संयुक्त राष्ट्र संघले अफगानिस्तानमा केही ‘समय–महत्वपूर्ण’ कार्यक्रमहरू अस्थायी रूपमा रोकिएका र तालिबान…