एआइजी ज्ञवालीको जन्ममिति सम्बन्धि विवाद फेरी सतहमा

सेयर गर्नुहोस्

३ मंसिर, काठमाडौ। नेपाल प्रहरीका अतिरिक्त प्रहरी महानिरीक्षक(एआइजी) श्यामलाल ज्ञवालीको जन्ममिति सम्बन्धि विवाद फेरी सतहमा आएको छ। प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिमा परेका दुईवटा उजुरीले विवादलाई पुनः बाहिर ल्याएको हो। समितिका सचिव सुरजकुमार दुराका अनुसार समितिमा उजुरी परेको कुरा पुष्टि गरे । उनले भने, ‘तिहारअघि र पछि गरेर दुईवटा उजुरी परेका छन् । पछिल्लो उजुरी शुक्रबार परेको थियो।’ उजुरी परेलगत्तै समितिका सभापति रामहरि खतिवडाले उजुरीमा उल्लेखित विषयबारे सत्यतथ्य पत्ता लगाउन गृहमन्त्रालयसँग जवाफ माग्न निर्देशन दिएका थिए ।

त्यसपछि शुक्रबार नै समितिका सचिव दुराले गृहमन्त्रालयलाई लिखित निर्देशन जारी गरेर एआइजी ज्ञवालीको जन्मसँग सम्बन्धित कागजातहरू पेश गर्न भनेका छन्।गृहमन्त्रालयलाई सातदिनभित्र कागजात पेश गर्न भनेका छौं।कागजात आएपछि सत्यतथ्य समितिले छलफल गर्छ,’ सचिव दुराले भने। एआइजी ज्ञवालीको नागरिकता प्रमाणपत्र र शैक्षिक प्रमाणपत्रका आधारमा जन्ममिति फरक–फरक छ।जुन विवाद यसअघि पनि आएको थियो।उतिबेला उक्त विवाद छानबिन गरेर समाधान गरिएको बताइएको छ।ज्ञवाली निकस्थहरुले नक्कली भुटानी शरणार्थी प्रकरणमा कामको प्रतिसोध साध्न विपक्षीहरूले षडयन्त्र गरेको आरोप लगाएका छन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *