महिलामाथिको प्रतिबन्धका कारण केही महत्वपूर्ण कार्य रोकिएः राष्ट्रसंघएजेन्सी न्युयोर्क, १४ पुस संयुक्त राष्ट्र संघले अफगानिस्तानमा केही ‘समय–महत्वपूर्ण’ कार्यक्रमहरू अस्थायी रूपमा रोकिएका र तालिबान नेतृत्वको प्रशासनले महिला सहायताकर्मीहरूमा प्रतिबन्ध लगाएको कारण अन्य धेरै गतिविधिहरू पनि रोक्न आवश्यक हुन सक्ने चेतावनी दिएको छ ।  संयुक्त राष्ट्र संघका सहायता प्रमुख मार्टिन ग्रिफिथ्स, संयुक्त राष्ट्र संघीय निकायहरुका  प्रमुखहरू र धेरै सहायता समूहहरूले एक संयुक्त वक्तव्यमा भनेका छन् कि सहायता वितरणमा  महिलाहरूको सहभागिता वार्तायोग्य छैन र अधिकारीहरूलाई निर्णय उल्टाउन आह्वान गर्दै वितरणलाई जारी राख्नुपर्ने बताएका छन् । महिलाहरूलाई मानवीय कार्यमा प्रतिबन्ध लगाउनुले सबै अफगानीहरूको लागि तत्काल जीवनलाई जोखिम पार्ने परिणामहरू आउने छ ।  विज्ञप्तिमा भनिएको छ, ‘महिला कर्मचारी नहुँदा केही समयका लागि महत्वपूर्ण कार्यक्रमहरु अस्थायी रुपमा रोकिनु परेको छ । यसअघि अफगानिस्तानमा महिलालाई लक्षित गर्ने आफ्ना नीतिहरू तुरुन्तै खारेज गर्न  राष्ट्रसंघले तालिबानसँग माग गरेको थियो । महिला र केटीहरूमाथि लगाइएका यी अथाह प्रतिबन्धहरूले सबै अफगानिस्तानको पीडा बढाउनुका अतिरिक्त अफगानिस्तानको सिमानाबाहिर पनि खतरा निम्त्याउने डर भएको  राष्ट्रसंघले उल्लेख गर्दै आएको छ ।  शनिबार अफगानिस्तानका कट्टरपन्थी इस्लामवादी शासकहरूले महिलाहरूलाई गैर–सरकारी संस्थाहरूमा काम गर्न प्रतिबन्ध लगाएको घोषणा गरेका थिए । यसअघि तालिबानले  महिलाहरूको लागि विश्वविद्यालय शिक्षा र केटीहरूको लागि माध्यमिक शिक्षा निलम्बन गरेको थियो ।  

सेयर गर्नुहोस्

एजेन्सी
न्युयोर्क, १४ पुस

संयुक्त राष्ट्र संघले अफगानिस्तानमा केही ‘समय–महत्वपूर्ण’ कार्यक्रमहरू अस्थायी रूपमा रोकिएका र तालिबान नेतृत्वको प्रशासनले महिला सहायताकर्मीहरूमा प्रतिबन्ध लगाएको कारण अन्य धेरै गतिविधिहरू पनि रोक्न आवश्यक हुन सक्ने चेतावनी दिएको छ ।

संयुक्त राष्ट्र संघका सहायता प्रमुख मार्टिन ग्रिफिथ्स, संयुक्त राष्ट्र संघीय निकायहरुका  प्रमुखहरू र धेरै सहायता समूहहरूले एक संयुक्त वक्तव्यमा भनेका छन् कि सहायता वितरणमा  महिलाहरूको सहभागिता वार्तायोग्य छैन र अधिकारीहरूलाई निर्णय उल्टाउन आह्वान गर्दै वितरणलाई जारी राख्नुपर्ने बताएका छन् ।

महिलाहरूलाई मानवीय कार्यमा प्रतिबन्ध लगाउनुले सबै अफगानीहरूको लागि तत्काल जीवनलाई जोखिम पार्ने परिणामहरू आउने छ ।  विज्ञप्तिमा भनिएको छ, ‘महिला कर्मचारी नहुँदा केही समयका लागि महत्वपूर्ण कार्यक्रमहरु अस्थायी रुपमा रोकिनु परेको छ ।

यसअघि अफगानिस्तानमा महिलालाई लक्षित गर्ने आफ्ना नीतिहरू तुरुन्तै खारेज गर्न  राष्ट्रसंघले तालिबानसँग माग गरेको थियो । महिला र केटीहरूमाथि लगाइएका यी अथाह प्रतिबन्धहरूले सबै अफगानिस्तानको पीडा बढाउनुका अतिरिक्त अफगानिस्तानको सिमानाबाहिर पनि खतरा निम्त्याउने डर भएको  राष्ट्रसंघले उल्लेख गर्दै आएको छ ।
शनिबार अफगानिस्तानका कट्टरपन्थी इस्लामवादी शासकहरूले महिलाहरूलाई गैर–सरकारी संस्थाहरूमा काम गर्न प्रतिबन्ध लगाएको घोषणा गरेका थिए । यसअघि तालिबानले  महिलाहरूको लागि विश्वविद्यालय शिक्षा र केटीहरूको लागि माध्यमिक शिक्षा निलम्बन गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *