राष्ट्रपति र प्रधानमन्त्री भूकम्प प्रभावित क्षेत्रमा पार्टीको उपस्थिति देखाउन गएको केपी ओलीको आरोप

सेयर गर्नुहोस्

३ मंसिर,काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्रि पुष्पकमल दाहाल प्रचण्डले पार्टीको प्रतिनिधिको रूपमा काम गरिरहेको आरोप लगाएका छन् । राष्ट्रपतिले तनहुँमा पुगेर कांग्रेसमा भोट हालेकोमा धन्यवाद दिएको र भूकम्प प्रभावित क्षेत्र जाजरकोटमा पनि काँग्रेसको प्रतिनिधिको रूपमा पुगेको ओलीको आरोप छ।

पार्टीको जनसंगठन समन्वय संयन्त्रद्वारा शनिवार पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित आयोजित विशेष भेलामा बोल्दै उनले राष्ट्रपति पौडेलको शुरुदेखि नै पदीय निष्पक्षतामाथि प्रश्न उठेको दाबी गर्दै अलोकतान्त्रिक, पक्षपातपूर्ण र संविधान सिध्याउने काममा लागि परेको बताए । संविधानअनुसार राष्ट्रपति पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल दुवै नचलेको अध्यक्ष ओलीको भनाई छ । ओलीले भूकम्प पीडितको राहतमा खटिएका सेना र प्रहरीको काम गर्न नदिने गरी किन जाजरकोट जानु परेको भनी राष्ट्रपति पौडेललाई प्रश्न समेत गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *