सामन्ती तत्वलाई जनताले अधिकार पाएको कुरा पचेको छैन : प्रधानमन्त्री प्रचण्ड

सेयर गर्नुहोस्

१ मंसिर, तनहुँ । तनहुँको आबुखैरनीमा आय‍ोजित पार्टी प्रवेश तथा कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनताको निकै ठूलो संघर्ष र बलिदानबाट प्राप्त अधिकार उल्टाउने कोसिस गरिएको भन्दै एकतावद्ध भएर परास्त गरिने बताएका छन् । नेपाली जनताले निकै ठूलो संघर्ष र बलिदान गरेका कारण देशमा उत्पीडित वर्ग, जाति, क्षेत्र, लिङ्गले अधिकार पाएका छन् । केही सामन्ती तत्वलाई जनताले अधिकार पाएको कुरा पचेको छैन । उनीहरू विभिन्न षड्यन्त्रमा लागेका छन्’, प्रधानमन्त्रीले भने, ‘बिहानमात्रै मैले सुरक्षा निकायका प्रमुखहरूसँग कुरा गरेको थिएँ । देशको सुरक्षा अवस्था सामान्य छ । १२ बुँदे समझदारीका पक्षधर शक्ति परिवर्तनको रक्षाका निम्ति एकैठाउँ छौं । त्यसैले प्रतिगामी दुस्साहसलाई दृढताका साथ परास्त गर्छौं ।’ उनले माओवादी नेतृत्वको सरकारले देश र जनताका पक्षमा महत्त्वपूर्ण कामहरू गरेको जिकिर गरे ।

भ्रष्टाचारका फाइलहरू खोलिँदैछ, यो प्रक्रिया रोकिन्न । सरकारले राम्रो काम गरेका कारण प्रतिगामीहरू आत्तिएका छन् । त्यसैले सरकारले गरेका राम्रा काम जनतामा लैजाऊँ’, उनले भने । आफू प्रधानमन्त्री भएको बेला अर्थतन्त्र चुनौतीपूर्ण अवस्थामा रहेकोमा अहिले सुधार आएको उनको भनाइ छ । अहिले अर्थतन्त्रमा राम्रो सुधार आएको छ । तर, दबाबमुक्त भइसकेको छैन । मंसीर ४ गते मैले अर्थतन्त्र सुधार्न वृहत बैठक बोलाएको छु । त्यो बैठकमा अर्थतन्त्रमा गति ल्याउने विषयमा गम्भीर छलफल हुनेछ । उक्त बैठकले ठोस प्याकेज घोषणा गर्नेछ र अर्थतन्त्रमा सुधार ल्याइँनेछ’, प्रधानमन्त्रीले बताए ।

कार्यक्रममा नेकपा एमाले नेकपा एमाले आबुखैरेनी गाउँ कमिटी उपाध्यक्ष सम्झना विक, वडा अध्यक्ष बद्री भट्टराई, गाउँ कमिटी सदस्य नारायणी अधिकारी, वडा सदस्य उपेन्द्र चापागाईंलगायतका कार्यकर्तालाई प्रचण्डले पार्टीमा स्वागत गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *