देश बर्बाद हुन लागीसक्यो मिसन ८४ भनेर बस्ने अवस्था छैन : अध्यक्ष ओली

सेयर गर्नुहोस्

४ माघ, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मिसन ८४ को पर्खिन नसक्ने अवस्था आउने बताएका छन् । बिहीबार पार्टीको खेलकुद संगठन खेलकुद महासंघको कार्यक्रममा उनले सरकार निकम्मा, भ्रष्टाचार, तस्कर र कमिसनखोरको संरक्षक भएकाले देश बर्बाद हुनबाट जोगाउन गठबन्धन भत्काउनेसम्म पहल गर्नुपर्ने बताएका हुन् ।

यस स्थितिमा मिसन ८४ पर्खिन नसक्ने अवस्था आउन सक्छ । देश बर्बाद हुन लाग्यो भने मिसन ८४ भनेर बस्ने अवस्था हुन्न’, उनले भने, ‘उस्तै पर्‍यो भने गठबन्धन भत्काएर ‘लोभीपापीहरु नभत्किन सक्छन् । एमाले अध्यक्ष ओलीले अहिलेको गठबन्धन लोभीपापीहरुको मिलेमतो भएकाले यसलाई भत्काउन गाह्रो हुने भन्दै आन्दोलनबाट सरकार हटाउन प्रयास गर्ने आशय व्यक्त गरे । ‘जनताको बलमा आन्दोलनमा उत्रिन पर्ने, देश बर्बाद हुन बाट जोगाउनुपर्ने हुन सक्छ’ उनले भने पार्टीले सिठी बजाउँदा आन्दोलनमा पुग्ने गरी तयार हुन कार्यकर्ताहरुलाई निर्देशन दिए । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *