४ चैत, काठमाडौं । २७ फागुनमा पार्टी कार्यालय धुम्बाराहीमा राष्टिय प्रजातन्त्र पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठक चलिरहेको समयमा कार्यालय हाताभित्र राप्रपा केन्द्रीय कार्यसम्पादन समितिका सदस्य ठाकुरमोहन श्रेष्ठमाथि कुटपिटमा संलग्न भएको आरोप लागेका ३ जनालाई राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले निलम्बन गरेका छन् । ।
घटनाको आवश्यक छानबिन गरी केन्द्रीय अनुशासन समितिले सिफारिस गरेपछि अध्यक्ष लिङ्देनले पार्टीका सहायक महामन्त्री प्रेम बलायर, काठमाडौं- ४ का क्षेत्रीय अध्यक्ष रिद्धिप्रताप राणा र राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनका सदस्य सचिव निराजन बमलाई ४ वर्षका लागि निलम्बन गरेका राप्रपा स्रोतले जानकारी दिएको छ ।
केन्द्रीय कार्यसम्पादन समितिमा उपाध्यक्ष बिक्रम पाण्डे र श्रेष्ठबीच विवाद भएको थियो । सोही विवादको विषयलाई लिएर पाण्डेका पीएसमेत रहेका सहायक महामन्त्री बलायरसमेतले श्रेष्ठमाथि कुटपिट गरेका थिए ।