जलवायु परिवर्तनसम्बन्धी अन्तर्राष्ट्रिय संवाद सुरु

सेयर गर्नुहोस्

९ जेठ, काठमाडौं । काठमाडौँमा बुधबारदेखि हिमाल, मानव र जलवायु परिवर्तनसम्बन्धी विशेषज्ञहरूको अन्तर्राष्ट्रिय संवाद सुरु भएको छ । जलवायु परिवर्तनका कारण हिमालमा परेको असरबारे अन्तर्राष्ट्रिय जगतको ध्यानाकर्षण गराउने संवादमा २५ देशका २०० बढी विशेषज्ञ सहभागी भएका छन् ।

नेपालले विभिन्न अन्तर्राष्ट्रिय मञ्चहरूमा जलवायुले हिमालमा पारेको विषयलाई महत्त्वका साथ उठाउँदै आएको र अब नेपालले हिमालका मुद्दामा नेतृत्व लिएर यो विषयलाई अन्तर्राष्ट्रिय रूपमै संस्थागत गर्न संवाद महत्वपूर्ण हुने बताइएको छ । विकसित देशले गरेको उच्च कार्बन उत्सर्जनको परिणामस्वरूप नेपालका हिमालमा हिमस्खलन बढेको छ । हिउँ पग्लेर बगेको पानी समुद्रमा पुग्दा त्यसको सतह बढेर बङ्गलादेश, माल्दिभ्सलगायतका टापु राष्ट्रहरूको अस्तित्व सङ्कटमा पर्दै गएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *