कान्तिपुर मिडिया अध्यक्ष कैलाश सिराहिया पक्राउविरुद्ध जनकपुरमा प्रदर्शन

सेयर गर्नुहोस्

९ जेठ, काठमाडौं । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैशाल सिरोहिया पक्राउविरुद्ध जनकपुरमा प्रदर्शन भएको छ । प्रदर्शनकारीले ‘राज्य आतंक बन्द गर, सञ्चार उद्यमी कैलाश शिरोहियालाई रिहा गर’ नारासहित प्रदर्शन गरेका थिए । जनकपरको सुकरबारी बजारमा सडक अवरुद्ध गर्दै जनकपुर उद्योग वाणिज्य संघ, व्यवसायी, नागरिक समाज धर्ना बसेका छन् । आज हामीले सांकेतिक विरोध गरेका हौं । यदि राज्यले गरेको ज्यादति सच्याएन भने भोलि योभन्दा पनि ठूला संस्थागत निर्णय लिएर विरोध प्रदर्शनमा हामी जान्छौं’, उद्योग वाणिज्य संघ जनकपुरका अध्यक्ष जितेन्द्र महासेठले भने । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *