प्रहरी हुँ भन्दै रकम असुली गर्ने युवक पक्राउ

सेयर गर्नुहोस्

२४ साउन, काठमाडौं । सादा पोशाकको प्रहरी भन्दै रकम असुली गरेको आरोपमा रौतहटमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा रौतहटको माधवनारायण नगरपालिका-१ का २४ वर्षीय रमेश साह रहेका छन् ।

उनलाई इलाका प्रहरी कार्यालय चन्द्रनिगाहापुरको टोलीले चन्द्रनिगाहापुर नगरपालिका-९ डुमरिया चोकबाट मंगलबार राति पक्राउ गरेको हो । उनले बोकेको झोलाबाट सशस्त्र प्रहरी बलको पोशाक समेत बरामद भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *