प्रधानमन्त्री ओलीले गरे भारतीय प्रधानमन्त्री मोदीलाई नेपाल भ्रमणको निमन्त्रणा

सेयर गर्नुहोस्

२७ साउन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई नेपाल भ्रमणको निमन्त्रणा दिएका छन् । आइतबार दिउँसो शिष्टाचार भेटका क्रममा भारतीय विदेश मन्त्रालयका सचिव विक्रम मिश्रीमार्फत प्रधानमन्त्री ओलीले समकक्षी मोदीलाई नेपाल भ्रमणको निमन्त्रणा दिएका हुन् ।
भारतीय विदेश सचिवसँगको भेटमा दुई पक्षीय र मित्रवत सम्बन्धलाई अझै मजबुत बनाउने बारेमा छलफल भएको छ । भेटमा परराष्ट्र मन्त्रालयका सचिव सेवा लम्साललगायत सहभागी थिइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *