२७.३९ अंकले घट्यो नेप्से

सेयर गर्नुहोस्

२२असोज,काठमाडौं मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) २७.३९ अंकले घटेको छ । नेप्से १.०१ प्रतिशतले घटेर २६६२.३२ विन्दुमा पुगेको हो।

आज नेप्से घटेसँगै कारोबार पनि खुम्चिएको छ ।  आज ४ अर्ब ५९ करोड ३७ लाख २७ हजार रुपैयाँ बराबरको १ करोड ३ लाख ३० हजार ५०२ कित्ता शेयर किनबेच भएको छ । ३५ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने २०७ वटा कम्पनीको शेयर मूल्य घटेको छ । २ वटा कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ । ३०० वटा कम्पनी कारोबारमा आएको छ । आज ४५ हजार ८७० पटक शेयर किनबेच भएको छ । आज सबै समूह राताम्य भएको छ । मंगलबार सबैभन्दा बढी फाइनान्स समूह २.७६ प्रतिशतले घटेर ३ हजार २३९ विन्दुमा पुगेको छ भने सबैभन्दा कम वाणिज्य बैंक समूह ०.३६ प्रतिशतले घटेर १ हजार ५४५ विन्दुमा पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *